
web pic
काठमाडौं । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति दाङ लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना हुँदा बसमा रहेका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेका बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
दुर्घटनाबाट दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको जनाइएको छ । बसमा ४७ जना यात्रु रहेका थिए ।
शवलाई लमही अस्पतालमा राखिएको छ । दुर्घटना बसको पट्टा भाँचिएर भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्