२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाद्वारा सुपर सोनिक विमान सार्वजनिक


3.406k
Shares

एजेन्सी । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले .सुपर सोनिक विमान एक्स ५९ सार्वजनिक गरेको छ । ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने यो विमानले उडानको समयमा अत्यन्त कम आवाज निकाल्ने नासाले जनाएको छ ।

नासाका अनुसार यो विमानको लम्बाइ ९९ दशमलव ७ फिट र चौडाइ २९ दशमलव ५ फिट रहेको छ भने यसको प्रतिघण्टा १४ सय ८८ किलोमिटरको दूरीमा उड्न सक्ने क्षमता छ ।

अरू यात्रुवाहक र कार्गो जहाज ३५ हजार फिटसम्म मात्रै उड्ने गरेकोमा यो विमान ५५ हजार फिटको उँचाइमा उड्ने नासाले जनाएको छ ।

यस अघिसम्म अमेरिका लगायत अन्य देशहरुले मानव बस्तीमा असर पर्न सक्ने भन्दै ५० वर्षदेखि सुपरसोनिक विमानको उडान परीक्षणमा प्रतिबन्ध लगाएको थियो ।

नासाले उडानको कम्रमा कम ध्वनि निकाल्ने गरी विमानको डिजाइन गरिएको जानकारी दिएको छ । नासार र एरोस्पेस क्षेत्रको प्रमुख कम्पनी लकहिड मार्टिनले यो सुपरसोनिक विमानले यही वर्षको अन्त्यमा पहिलो पटक परीक्षण उडान भर्ने जनाएको छ ।

यसको परीक्षण उडान सफल भएपछि अमेरिकाका विभिन्न सहरमा एक्स ५९ ले उडान भर्नेछ ।