
काठमाडौं । काठमाडौंको शोभा भगवतीमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारतको दर्भङ्गा लालाबाग थाना घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारी रहेका छन ।
तनहुँ भिमादकी ५१ की सफिना मियाँको हत्या गरेको आरोपमा अन्सारी पक्राउ परेका हुन । तीन महिनाअघि शोभा भगवतीस्थित कोठामा हत्या गरी फरार भएका उनी भारत पुगेको र अहिले काठमाडौं आएको मौका पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोली र प्रहरी वृत स्वयम्भुको संयुक्त टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख भुपेन्द्र खत्रीले बताउनुभयो ।
नौ वर्षदेखि काठमाडौंका विभिन्न गार्मेन्टमा सिलाइ कटाइको काम गर्दै आएका अन्सारी र हत्या गरिएकी महिला लिभिङ टुगेदरमा रहेको र उनीहरुबीच पछिल्लो समय मनमुटाव हुँदा अन्सारीले हत्या गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्