
काठमाडौं । निर्मलराज पौडेलेको ‘छम्म नाचौं, छप्प नाचौं’ गीत सार्वजनिक भएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै कलाकार किरण केसीले गीत धेरै राम्रो रहेको र रात्री जीवनको नाचगानमा धेरै सुनिने र गुञ्जिने गीत रहेको बताए । त्यस्तै, कलाकार सरोज खनालले गीतमा काम गर्दा पुराना साथीहरु भेट्न पाउनु नै महत्वपूर्ण भएको बताए । उनले गीतले सबै पुराना साथीहरुसँग भेट्ने अवसर जुराएको बताए ।
त्यस्तै कलाकार राजाराम पौडेलले मनोरञ्जनका सबै कुरामा सन्देश खोजेर नहुने बताए ।
गीतको भिडियोमा सरोज खनाल, धिरेन शाक्य, रमेश उप्रेती, विजय लामा, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, रविन्द्र खड्का, गजित बिस्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्