१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्वास्थ्य मन्त्रालयले काम गरेन : सांसद पाण्डे


117
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो ।

सांसद पाण्डेले जनसंख्याको क्षेत्रमा काम गर्नका लागि छुट्टै विभाग आवश्यक भएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसाबले छुटेको बताउनुभयो । जनसंख्या छुट्ने कुरा गम्भीर रहेको र जनसंख्यासम्बन्धीका केही तथ्यांकहरु डरलाग्दो रहेको बताउनुभयो । उहाँले १५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या हुनु र २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी हुनुले असन्तुलन बिग्रिन सक्ने बताउनुभयो ।

सांसद पाण्डेले जनसांख्यिक लाभांश लिने कुरालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।