
एजेन्सी । यमनमा हुथी विद्रोही समुहका अखडाहरुमा अमेरिका र बेलायतले ताजा हवाई हमला गरेका छन् । इरान समर्थित हुथी समुहका आठ वटा पकड क्षेत्र पहिचान गरी अमेरिका र बेलायतले संयुक्त रुपमा हवाई हमला गरेका हुन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जारी गरेको विज्ञप्ती अनुसार हुथी विदोहीका भुमिगत भण्डारण क्षेत्रमा गरिएको आक्रमणमा उनीहरुका थुप्रै सैन्य सामगी्र नष्ट भएको छ ।
लाल सागरको व्यापार मार्गबाट इजरायलसँग सीमा जोडिएका क्षेत्रमा ओहोरदोहोर गर्ने पानी जहाजहरुलाई हुथी समुहले निशाना बनाएपछि अमेरिका र बेलायतले प्रतिकार स्वरुप हवाई हमला थालेका हुन् ।
बेलायतले सर्वसाधारण नागरिकको जीउधनको रक्षालाई ध्यानमा राखी आक्रमण गरिएको जनाएको छ । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकाले गरेको यो आठौं हमला हो ।
प्रतिक्रिया दिनुहोस्