
काठमाडौं । मिडिल्सब्रोलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति चेल्सीको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा घरेलु टोली ६–१ ले विजयी भयो ।
चेल्सीका लागि कोल पाल्मरले दुई गोल गर्दा एन्जो फर्नान्डेज, अक्सेल डिसासी र नोनी माडुकेले एक एक गोल गरे । बोरोका मोर्गान रोजर्सले टोलीका लागि एक गोल गर्दा जोनी हाउसनले एक आत्माघाती गोल गरेका थिए ।
पहिलो लेगमा १–० को हार भोगेको चेल्सीले गएरातिको जितसँगै समग्रमा ६–२ को परिणामसहित फाइनलमा स्थान पक्का ग¥यो ।
फेब्रुअरी २२ तारिखमा वेम्बले रंगशालामा हुने फाइनल खेलमा चेल्सीले लिभरपुल वा फुल्हममध्ये एक टोलीसँग खेल्नेछ ।
लिभरपुल र फुल्हमको सेमिफाइनल दोस्रो लेगको खेल बुधबार राती हुनेछ । पहिलो लेगमा लिभरपुल २–१ ले हगाडि छ ।
प्रतिक्रिया दिनुहोस्