१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीका मेयर हमालको घरमा कालो व्यानर


3.146k
Shares

धनगढी । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा कालो व्यानर टाँगेको छ ।

उपमहानगरपालिकाभित्र जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा गत पुस २१ गते हुलाक मार्फत पठाइएको ४८ बुँदे मागको सुनुवाई नभएको भन्दै सो पार्टीले कालो ब्यानर टाँगेको हो ।

तर, नगर प्रहरीले कालो व्यानर लगाउने वित्तिकै च्यातिदिएको थियो । पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने लगायत कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

विद्युत महशुल र बहाल कर लगायतका मागहरु राखिएको छ ।