
काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार ५औं जित निकालेको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशलाई ६ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायम राखेको हो ।
मधेशले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पुलिसले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । यो जितसँगै ५ खेलबाट नेपाल पुलिसले १० अंक जोडेको छ । पराजित भएको मधेशको सात खेलबाट ८ अंक छ ।
यस्तै, कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ८ विकेटले हराउँदै चौथो जित निकालेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले ३२ ओभरमा अलआउट हुँदै १ सय २३ रन बनाएको थियो । यो जितसँगै पाँच खेलबाट सुदूरपश्चिमले ८ अंक जोडेको छ भने कोशी प्रदेश आफ्ना आठवटै खेलमा जितिविहीन बनेको छ ।
प्रतिक्रिया दिनुहोस्