२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा गिरावट


403
Shares

काठमाडौं । शेयर बजारको गिरावट बुधबार पनि जारी रह्यो ।

उतार चढावकाबीच नेप्से १० अंकले घटेर २ हजार ८८ अंकमा बन्द भएको छ ।

बुधबार ८० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १ सय ५३ कम्पनीको मूल्य घटेको छ ।

बैंकिङ् र म्युचल फण्ड उपसमूह सामान्य अंकले वृद्धि भएका छन् भने बाँकी सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत, लगानी र व्यापार उपसमूह १ प्रतिशतले घटेका छन् । घटेको बजारमा पनि चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । बुधबार ३ सय ११ वटा कम्पनीको १ करोड १० लाख ४९ हजार कित्ता शेयर शेयर ३ अर्ब ८९ करोड रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ ।

कारोबार रकमको आधारमा बुधबार पनि हिमालयन रिइन्सुरेन्सको सर्वाधिक २५ करोड बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।