
प्रमिला खतिवडा
काठमाडौं । नेपाल डेरी एसोसिएसनले गत आइतबार रजत जयन्ती एवं वार्षिक साधारणसभा मनाएयो छ ।
नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलको प्रमूख आतिथ्यतामा काठमाडौंको लैनचौर स्थित मल्ल होटलमा सम्पन्न भएको हो ।
विशिष्ट अतिथि वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले एसोसिएसनको रजत जयन्तीको शुभ अवसरमा विभिन्न समस्याहरुलाई पार लगाउँदै रजत जयन्ती मनाएकोमा बधाई दिदै डेरी उद्योगकै कारण दैनिक शहरको ७ करोड रुपैयाँ गाउँ पुग्ने गरेको र यस क्षेत्रमा ६ लाख बढीले रोजगारी पाएको बताउनुभयो ।
कार्यक्रमको बारे प्रष्ट पार्दै दुग्ध क्षेत्रको विभिन्न समस्याको बारे कुरा राख्दै रजत जयन्ती मुल समारोह समितिका संयोजक दिप प्रसाद धमलाले दूग्ध ब्यावसायीहरुले सरकारले आफूहरुको समस्या समाधानमा ध्यान नदिएको गुनासो गरेका छन् ।
नेपाल डेरी एसोसिएसनको रजत जयन्ती कार्यक्रममा सहभागी ब्यावसायीहरुले दुग्ध व्यवसाय गर्न झन् असहज हुँदै गएको तर राज्यले सुनुवाई नै नगरेको बताउनुभयो । बिहान ३ बजेदेखि राति ९ बजेसम्म अहोरात्र खटिनुपर्ने तथा संवेदनशील पेसा भए पनि राज्यले वेवास्ता गरेको भन्दै उनीहरुले दुख गरेर उत्पादन गरिएको दुग्धजन्य पदार्थले बजार नपाउँदा नोक्सान ब्यहोर्नुपरेको गुनासो समेत गर्नुभयो ।
दुग्ध क्षेत्रको परिचयका बारेमा एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले समस्त दुग्ध क्षेत्रलाई चित्रण गर्दै प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा प्रमूख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले नेपाल डेरी एसोसिएसनको रजत जयन्तीको अवसरमा सम्पूर्ण उत्पादक, प्रशोधनकर्ता, उपभोक्ता लगायत सरोकार सबैलाई शुभकामना व्यक्त गर्नुहुदै हाल दुग्ध क्षेत्रको समस्याको समाधानका लागि मन्त्रालय सदैव तयार रहने समेत बताउनभयो ।
एसोसिएसनका अध्यक्ष एवं सभाका सभापति प्रल्हाद दाहालले कार्यक्रममा उपस्थित सबैलाई आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सबैबाट यसरी नै एसोसिएसनलाई साथ सहयोग प्राप्त हुने कुरामा आशाबादी रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल थिए भने अतिथिहरुमा कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव राष्ट्रिय दुग्ध विकास वोर्ड, सहसचिव डा. सुर्य पौडेल कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, महानिर्देशक डा. उमेश दाहाल पशुसेवा विभाग, महानिर्देशक मतिना जोशी बैद्य खाद्य प्रविधि तथा नियन्त्रण विभाग र सभापती डि.बि बस्नेत कृषि उद्यम केन्द्र रहेका थिए । अन्य अतिथिहरुमा विभिन्न संघसंस्था, नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान एवं पूर्व पदाधिकारीहरु, सदस्यहरु लगायत अन्य संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
रजत जयन्तिको अवसरमा राष्ट्रिय सम्मान पूर्व सचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, डा. योगेन्द्र कुमार कार्की, घरेलु डेरी उद्योगबाट भैसेपाटी डेरी उद्योग, ललितपुरका दिपक सञ्जेल, साना डेरी उद्योगबाट गजुरमुखी दर्शन डेरी उद्योग, ईलामका अशेष कुमार बुढाथोकी, मझौला डेरी उद्योगबाट पर्रोहा दुध डेरी उद्योग, रुपन्देहीका शिवलाल भुषाल, ठूला डेरी उद्योगबाट धमला डेरी प्रडक्ट्स प्रालि, भक्तपुरका दिप प्रसाद धमला, मरणोप्रान्त सम्मान एसोसिएसनको सदस्य रहेको सिताराम गोकुल मिल्क्सका अध्यक्ष स्व विश्वनाथ केडिया, उत्कृष्ट प्रदेश बागमति प्रदेश, अध्यक्ष टिका प्रसाद घिमिरे, दिर्घसेवा सम्मान संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, उत्कृष्ट कृषि पत्रकार सम्मान हिमालय टाइम्सका पत्रकार आर्थिक व्युरो चिफ लेखनाथ पोख्रेल, न्युज लाईन मिडिया प्रा।लिका राजु भट्ट, कृषि अनलाईन सम्पादक बैकुण्ठ भण्डारी, टक्सार म्यागजिनका रवि थापा, नेपाल डेरी एसोसिएसन, पूर्व अध्यक्ष मेघराज भण्डारी र सुमित केडियालाई सम्मान गरिएको थियो ।
त्यसैगरि नेपाल डेरी एसोसिएसनको गित रचनाकार उषा आचार्य, नेपाल डेरी एसोसिएसनको गित गायक गोपाल तामाङ, नेपाल डेरी एसोसिएसनको गित गायिका विन्दु परियार, अधिवक्ता प्रल्हाद महतलगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई ठेकी र घ्यु मायाको चिनोको रुपमा प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्