२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


आजदेखि श्री स्वस्थानीको व्रत शुरु


689
Shares

काठमाडौं । आजदेखि एक महिने श्री स्वस्थानीको व्रत शुरु गरिँदैछ । पौष शुक्ल पूर्णिमाका दिन शुरु गरिने श्रीस्वस्थानीको व्रत नेपाली हिन्दु समुदायले बिहीबारबाट शुरु गर्दैछन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको कथा साँझपख वाचन गर्ने र सुन्ने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले नुहाएर दिउँसो महादेव र स्वस्थानी परमेश्वरीको पूजा गर्दछन् ।

व्रत समाप्तीका दिन भने विशेष पूजा गरेर १०८ वटा प्रसादहरु (फूल, अक्षता, फलफूल नैवेद्य, पान, जनै, सुपारी आदि) चढाउने गरिन्छ । स्वस्थानी अवधिभर गुह्येश्वरी, गौरीघाट, गोकर्ण, साँखको शालीनदीलगायतका स्थानमा व्रतालु तथा दर्शनार्थिको घुइँचो लाग्दछ ।

श्री स्वस्थानीको कथामा ३१ अध्याय रहेका छन् भने स्वस्थानी कथा नेपाली भाषामा पनि पाइन्छ । विधिपूर्वक श्री स्वस्थानीको व्रत गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास छ ।