१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेश : राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै


312
Shares

हेटौडा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशको राजधानी हेटौडामा पनि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदानमा बागमती प्रदेशका ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरि २३८ र प्रदेश सभाका ११० सदस्य गरि जम्मा ४४८ जना मतदाता रहेका छन् ।

राष्ट्रिय सभामा बागमती प्रदेशबाट ४ जनाले प्रतिनिधित्व गर्ने छन् । बागमती प्रदेशबाट सत्ता गठबन्धन, नेकपा एमाले, रा प्र पा, नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ जना उम्मेदबारले प्रतिष्पर्धा गर्दैछन् । मतदान सकिएपछि आजै मतगणना सुरु हुने र सम्भवत आजै नतिजा निस्कने जनाइएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातवटै प्रदेशमा मतदान भइरहेको छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।