१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकीमा राष्ट्रिय सभा सदस्य निर्वाचन


325
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा पनि मतदान जारी छ । बिहीवार बिहान ९ बजेबाट मतदान शुरु भएको हो ।

गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ काँग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार प्रतिष्पर्धामा हुनुहुन्छ । महिलातर्फ नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्मा सुवेदी हुनुहुन्छ ।

यस्तै एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिष्पर्धा हुनेछ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ ।