१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन


195
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी छ । बिहान ९ बजेबाट मधेस प्रदेशमा मतदान शुरु भएको हो ।

महेन्द्र नारायण निधी संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम छन् ।

मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनमा अन्य समूहतर्फ नेपाली काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना, जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी हुनुहुन्छ ।

त्यस्तै नेकपा (एमाले) बाट अन्यमा कुमारी विजेता झा (धनुषा) हुनुहुन्छ । त्यस्तै जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा) ले पनि उम्मेदवारी दिनुभएको छ ।

महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र गठबन्धनमा जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कुल मतभार १० हजार सात सय ४४ रहेको छ ।