
बाठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । बिहीवार बिहान ९ बजेबाट नै कर्णालीमा मतदान शुरु भएको हो ।
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका तर्फबाट अन्यमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, दलितमा नेकपा (माओवादी केन्द्र) का विष्णु विक र नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्लले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशमा जम्मा ५ हजार ८४ मतभार छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्