
काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ ।
मतदान बिहान ९ बजेदेखि नै शुरु भएको हो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको छ ।
लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी र महिलातर्फ नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।
नेकपा एमालेबाट महिलातर्फ तुलसाकुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी रहेको छ । राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिष्पर्धामा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्