
काठमाडौं । मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।
मुगुको सोरुगाउँपालिका ६ पुरुमुरु गाउँमा ज्वरो र रुघाखोकीबाट ग्रसित तीन जना बिरामीको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले पुष्टि गर्नुभयो ।
उहाँका अनुसार ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको हो ।
जिल्लामा भाइरल ज्वोरो फैलिएपछि जिल्ला अस्पतालमा बिरामीको चाँप बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट मंगलबार चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा गएको थियो । उपाध्यक्ष शाहीका अनुसार चिकित्सकसहितको टोलीले सोरु गाउँपालिकाको वडा नम्बर ६ का तीन वटा गाउँका ७४ जनाको स्वास्थ्य परीक्षण गरेको हो ।
बिरामीको स्वाव परीक्षणका लागि नेपालगन्ज पठाइएको छ । बिरामीमा तारन्तार पसिना आउने, टाउको दुख्ने, मांशपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महशुस हुने खालका लक्षण देखा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्