
काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि लागि बिहीबार सात वटै प्रदेशमा मतदान सम्पन्न भएको छ ।
आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको हो ।
एक सिटमा राष्ट्रपतिबाट मनोनयन हुने छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा मतदान केन्द्र तोकिएको थियो ।
कर्णाली प्रदेशमा सबै मत खसेको छ भने त्यहाँ मत गणना शुरु गर्ने तयारी भईरहेको छ । अन्य प्रदेशहरुमा पनि केही मतदाता अनुपस्थित भएका छन् ।
बागमती प्रदेशमा ५ जना अनुपस्थित भएको निर्वाचन कार्यालयले जनाएको छ । बागमतीमा अनुपस्थित हुनेमा काठमाडौंका मेयर बालेन शाह पनि हुनुहुन्छ । प्रदेश सभातर्फ ५ सय ४९ मतदाता रहेका थिए भने पालिकातर्फ एक हजार ४ सय ९८ मतदाता रहेका थिए ।
१९ सिटका लागि आठ वटा राजनीतिक दलका ४७ जना उम्मेदवार मैदानमा रहेका छन् । सबै प्रदेशमा आजै मतगणना भएर साँझसम्ममा नतिजा आईसक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्