२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा गिरावट जारी


715
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से करिब ४ अंकले ओरालो लागेर २ हजार ८४ मा थामिएको छ ।

कारोबार रकम पनि ४ अर्ब तलै खुम्चियो । बिहीबार ५ वटा उपसमूह उकालो लाग्दा ८ वटा उपसमूह ओरालो लागे । वाणिज्य बैंक, विकास बैंक, वित्त, व्यापार र सामूहिक लगानी कोष सकारात्मक रहँदा अरु उपसमूह ओरालो लागेका हुन् ।

व्यापार समूह दोहोरो अंकले सकारात्मक रहँदा अरु सामान्य अंकले हरियो रहेका हुन् । गुमाउनेमा होटल समूहमा सबैभन्दा उच्च १ प्रतिशतमाथिको गिरावट आएको छ भने बीमा र लघुवित्त समूह पनि दोहोरो अंकले घटेका छन् ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ४ वटा कम्पनीको १ करोड १७ बराबर कित्ता शेयर ३ अर्ब ७६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । घटेको बजारमा पनि सामलिङ पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत बराबर कमाएका छन् ।