
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको मतदान देशका तीन जना चर्चित मेयरले बहिष्कार गरेका छन् ।
स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचित काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह, धरान उपमहानगरपालिका मेयर हर्क ‘साम्पाङ’ राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मतदान बहिष्कार गरेका हुन् ।
बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएकोमा उनीहरु तीनै जना मतदान केन्द्रमा उपस्थित भएनन् ।
बालेन साहको मतदान केन्द्र हेटौंडामा रहेकोमा उहाँ त्यसतर्फ नगई दिनभर महानगरपालिकाको कार्यालयमा रहनुभयो । यस्तै, धरानका मेयर हर्क साम्पाङ राईको मतदान केन्द्र विराटनगर र धनगढीका मेयर गोपाल हमालको मतदान केन्द्र धनगढी नै रहेको थियो ।
तीनै जना मेयरले कार्यव्यस्तता देखाए पनि आफूहरु स्वतन्त्र रुपमा निर्वाचित भएकाले राष्ट्रिय सभाका दलिय उम्मेदवारलाई मतदान गर्न नगएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्