
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ ।
गठबन्धबाट उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभएको हो ।
सिटौलाले ५२९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाका उद्धव पौडेलले ४५६२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १४८ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्