
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ ।
शुक्रबार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताउनुभएको हो ।
उपसभापति गुरुङले कांग्रेसभित्र अहिले मैले के पाएँ ? भन्ने भाष्य तयार भएको बताउनुभयो । उहाँले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताउनुभयो ।
उपसभापति गुरुङले कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपनैृ बताउनुभयो । उहाँले विगतका गौरवलाई स्मरण गर्नै मात्र नभइ गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताउनुभयो ।
उपसभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्