
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गर्नुभएको छ ।
शनिबारबाट काठमाडौंमा सुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताउनुभएको हो । उहाँले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहोर्याउनुभयो ।
अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि विस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी बैशाख १६ र १७ गते हुने लगानी शिखर सम्मेलनमा लगानी भित्र्याउनका लागि उपयुक्त खालका परियोजनाहरु प्रश्तुत गर्ने तयारी भइरहेको पनि बताउनुभयो ।
मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्