४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छ : सभामुख घिमिरे


117
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।

शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले संघीयता नेपाल जस्तो मुलुकमा जरुरी थिएन भन्नेकुराहरु धेरै चर्चामा आइरहेको बताउनुभयो । उहाँले संघीयता खर्चको बोझ मात्रै भएको र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध र टिप्पणी हुने गरेको बताउनुभयो । उहाँले संघीयतालाई सही रुपबाट प्रयोग गर्नसकने यसले ठूला काम गर्नसक्ने बताउनुभयो ।

सभामुख घिमिरेले सामाजिक सुरक्षा सम्बन्धी कानूनको कार्यान्वयन गर्न आवश्यक जोड दिनुपर्ने बताउनुभयो ।