
काठमाडौं । बारामा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्ला सुवर्ण गाउपालिका ७ सनफुलवा बस्ने ४१ वर्षीय उमेश कुमार गुप्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध ब्युरो बिरगन्ज शाखाबाट खटिएको सयुक्त टोलिले महागढिमाई बरियापुरमा मोटरसाइकल चेकजाँचका क्रममा गुप्ताको शरीर खानतलासी गर्दा लुकाई ल्याएको उक्त परिमाणको खैरो हेरोइन बरामद गरेको हो ।
प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्