२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एनसेल शेयर बिक्रीबारे छानबिन समितिको प्रतिवेदन तयार, बुझाउँदै


312
Shares

काठमाडौं । एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउँदैछ ।

मलेसियन कम्पनी आजियाटाले सरकारलाई जानकारी नगराई एनसेलको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेपछि विवाद उठेको थियो । शेयर बिक्रीमा चलखेल भएको आशंकामा राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले गएको मंसिर २१ मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

महिना दिनको कार्यादेश पाएको पूर्व महालेखापरीक्षक टंकमणी शर्मा संयोजकत्वको समितिले केही ढिलोगरी प्रतिवेदन पूरा गरेको हो । समयमा प्रतिवेदन तयार नभएपछि सरकारले १५ दिनको समय थपेको थियो ।

यसैअनुसार प्रतिवेदन पूरा भएको र आज बुझाउने तयारी भएको शर्माले जानकारी दिनुभएको छ ।