२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आज शहीद दिवस मनाइँदै


780
Shares

काठमाडौं । आज शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने चार शहिदले शहादत प्राप्त गरेको अवधि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको हो ।

शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । यस्तै धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो ।

देशका यी महान सपुतहरुको सम्झनामा हरेक वर्षको माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने चलन २०१० सालदेखि शुरु भएको हो ।