२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


शहीद दिवसको अवसरमा शुभकामना सन्देश


143
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले शहीदको आकांक्षालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीकासाथ पूरा गर्न यस दिवसले थप प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरि, शहीद दिवसको अवसरमा शुभकामना सम्देश दिदै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताउनुभएको छ ।

सन्देशमा जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने भनिएको छ ।

प्रधानमन्त्री दाहालले मुलुकका निम्ति जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाको उच्च सम्मान र घाइते योद्धाको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्नुभएको छ ।