
web pic
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ ।
सिन्धपाल्चोकको हेलम्बु गाउँपालिकामा बुधबार बा२च ४४५० नम्बरको जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु हुनुका साथै ७ जना घाइते भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले जानकारी दिनुभएको हो ।
प्रहरीका अनुसार जीप हेलम्बु गाउँपालिका–१, दोरिमबाट खारपाङ जाने क्रममा दुर्घटना भएको हो ।
घाइतेमध्ये ५ जनालाई हेलिकोप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको छ ।
दुई जनाको भने जिल्ला अस्पताल सिन्धुपाल्चोकमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्