
web pic
काठमाडौं । २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।
थ्रीस्टारका लागि दीपेश घलेले गोल गरेका थिए । उनले खेलको ७८औँ मिनेटमा गरेको गोल थ्रीस्टारको जितका लागि निर्णायक बनेको थियो । थ्रीस्टारले अहिलेसम्म ५ पटक आहा रारा गोल्डकप जितिसकेकोे छ ।
दोस्रो सेमिफाइनलमा बुधबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने छ । थ्रीस्टारले बुधबारको विजेतासँग शनिबार फाइनल खेल्ने छ । एक विदेशीसहित १२ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्