१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


उद्योगी अरुण चौधरी पक्राउ


1.885k
Shares

काठमाडौं । उद्योगी अरुण चौधरी पक्राउ परेका छन् ।

काठमाडौंस्थित बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ ।

सीआईबीले उद्योगी एवं सांसद विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरेर कार्यालयमा पु¥याइसकेको बताइएको छ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको विषयमा सीआइबीले अनुुसन्धान गरिरहेको छ ।

सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो । सीआइबीले चौधरीसँगै बाँसबारी छालाजुत्ता उद्योगका तात्कालिन बोर्ड अध्यक्ष अजितनारायण थापालाई पनि पक्राउ गरेको छ ।