१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा ३० अंकको गिरावट


130
Shares

काठमाडौं । शेयर बजार पुनः ओरालो यात्रामा लागेको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २ हजार ६७ मा आएर थामियो ।

मात्र वित्त समूह नगन्य अंकले हरियो रहेबाहेक बाँकी सबै समूह ओरालो लागे ।

जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशत माथिको गिरावट आउँदा अन्य समूह पनि २ प्रतिशतले घट्यो । बाँकी पनि अधिकांश समूह १ प्रतिशत बढीले घटे ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ९ कम्पनीको १ करोड १५ लाख कित्ता शेयर ४ अर्ब १८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बिहीबार २ सय ६ कम्पनीका लगानीकर्ताले गुमाउँदा जम्मा १९ कम्पनीका लगानीकर्ताले कमाए ।