१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुरक्षण मुद्रणको काम नेपालमै गर्नसके राजस्वको ठूलो हिस्सा बाहिर जाँदैन : सञ्चारमन्त्री शर्मा


78
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको छ ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै सञ्चारमन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले सुरक्षण मुद्रणका कामहरु संवेदनशील भएको भन्दै राष्ट्रिय सुरक्षाको लागि पनि नेपाल भित्रै गर्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षण मुद्रणको विषय गठन आदेशको आधारमा चल्दै आएको उल्लेख गर्दै कानून बनेपछि गठन आदेश खारेज हुने र कानून अनुरुप चल्ने बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्ट्रिकर, हुलाक टिकट र अन्य शुल्क स्ट्रिकर प्रकाशन गर्नेगरी विधेयक अगाडी बढाइएको बताउनुभयो । त्यस्तै, सवारी चालक अनुमतिपत्र, जग्गा धनि दर्ता प्रमाण पुर्जा, डिजिटल नक्शा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामनग्रीहरु प्रकाशन गर्ने तोकेर विधेयक अगाडी बढाएको स्पष्ट पार्नुभयो ।