१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेताहरुलाई प्रेम सुवाल कटाक्ष – जितेपछि काठमाडौं बस्छौं, जिल्लामा आशा नगर्नु भन्नुहोस्


351
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो ।

सांसद सुवालले निर्वाचनकै बेला जितेपछि काठमाडौं बस्छौँ, यहाँको विकासको आशा नगर्नु जनता भन्न सक्नुपर्ने बताउनुभयो । उहाँले जनतासँग इमान्दारिताकासाथ भनेर बस्दा फरक नपर्ने उहाँको कटाक्ष थियो । उहाँले अहिलेसम्म नेताहरुले गर्दै आएको काम यही भएको बताउनुभयो ।

सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गर्नुभयो ।