
पाल्पा । पाल्पा जिल्लाका कृषकले यस वर्ष सुन्तला बेचेर १० करोड रुपैयाँ आम्दानी गरेका छन् ।
सुन्तला खेतीको विस्तारसँगै यो वर्ष उत्पादन पनि वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपैयाँ बढी आम्दानी गर्न कृषक सफल भएका हुन् ।
कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोस चौधरीले जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको जानकारी दिनुभयो ।
बुटवल, पोखरा, चितवन लगायतका ठुला सहरमा सुन्तला जाने गरेको केन्द्रले जनाएको छ । पाल्पामा एक हजार चार सय १० हेक्टरमा सुन्तला खेती हुँदै आएको छ ।
उक्त जग्गामा यो वर्ष नौ हजार २ सय ६ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै पनि आएको छ ।
प्रतिक्रिया दिनुहोस्