
web pic
काठमाडौं । २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलको अतिरिक्त समयमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
९० मिनेटको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको ३० मिनेटमा एक गोल थप्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका दिनेश हेन्जन र रशबहादुर मगरले एक–एक गोल गरेका थिए । चर्च ब्वाइजका समिर तामाङले एक गोल फर्काए । अब फाइनलमा आर्मी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने छ ।
१२ टोली सहमागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्