
एजेन्सी । अमेरिकाले सिरिया र इराकमा रहेका इरान समर्थित लडाकु समुहका अखडाहरुमा शृंखलाबद्ध हमला गर्ने योजनालाई अनुमोदन गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार यो हमला केही दिनसम्म चल्नेछ ।
सिरियाको सीमा नजिक रहेको जोर्डनको एक अमेरिकी सैन्य आधार शिविरमा गत आइतबार भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले जवाफी कारवाहीको तयारी गरेको हो ।
अमेरिकाले उक्त आक्रमणका लागि इरान समर्थित लडाकु समूहलाई दोष दिएको छ । इराकमा सक्रिय ‘इस्लामिक रेसिस्टेन्स’ नामको उक्त समुहलाई इरानले आर्थिक तथा सैन्य सहयोग गर्ने गरेको अमेरिकी आरोप छ । तर इरानले भने अमेरिकी दाबी अस्वीकार गरिरहेको छ ।
जोर्डनको सैन्य अखडामा भएको आक्रमणमा आफ्नो कुनै पनि भूमिका नभएको इरानले दोहोर्याइरहेको छ । अमेरिकाले सिरीया र इराकमा इरान समर्थित समुहमाथि श्रृंखलाबद्ध आक्रमण गर्ने जानकारी गराएपनि उक्त आक्रमण कहिले सुरु हुन्छ र कति दिनसम्म चल्छ भन्नेबारे केही खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस्