
एजेन्सी । युरोपेली राष्ट्रहरुले युद्धरत मुलुक युक्रेनलाई ५० अर्ब यूरो बराबरको सहयोग गर्ने भएको छ । अमेरिकी कंग्रेसले गदै आएको सहयोग रोकेसँगै यूरोपेली राष्ट्रबाट सहयोगको सहमति भएको हो ।
युरोपका २७ नेताहरुबीच सहयोग उपलब्ध गराउने सहमति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हंगेरीले अस्वीकार गदै आएको प्रस्तावलाई सहमतिमा टुंग्याइएको छ ।
यो निर्णय भएसँगै युुक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यूरोपेली राष्ट्रहरुकोे आर्थिक र वित्तीय स्थिरता सृजना गर्न मद्दत पुग्ने भन्दै सहयोगका लागि आभार प्रकट गर्नुभएको छ ।
सहयोगको पहिलो किस्ता आगामी मार्च महिनासम्म आइपुग्ने युक्रेनको अर्थमन्त्रालयले जनाएको छ । उपलब्ध सहयोग युक्रेनले अगामी ४ वर्षका लागि तलब, पेन्सन तथा अन्य खर्चमा उपयोग गर्नेछ ।
तथापि, गत डिसेम्बरमा यूरोपियन समिटमा झैँ हंगेरीका प्रधानमन्त्रीले फेरि पनि राहत सामग्रीमा रोक लगाउने सम्भावना पनि रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्