२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

बद्रि पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ गीत सार्वजनिक


143
Shares

काठमाडौं । बद्री पंगेनी र शान्ती भण्डारीको स्वरमा रहेको ‘चोली फेर्ने माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक समारोहमा बोल्दै गायक बद्रि पंगेनीले आजभोलि गीत नहेर्ने, शेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गरे । उनले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गरे ।

कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताए । लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने बताए । कार्यक्रममा बोल्दै गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरुबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताए ।

गीतमा शिव हमालको शब्द रचना र संगीत रहेको छ ।