
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्नेहरुलाई समात्दा वक्तव्यबाजी गरेर दबाव दिने गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेता, कर्मचारी वा उद्योगी व्यापारी जो भएपछि गल्ती गर्नेलाई कानूनी कारबाहीमा ल्याउने दायित्व सरकार भएको बताउनुभयो ।
नेतालाई समात्यो भने सत्ता गठबन्धन, हाम्रो पार्टी वा प्रतिपक्षी भनेर बचाउन खोज्ने, व्यापारी समात्यो भने निजी क्षेत्रले वक्तव्यबाजी गर्ने र कर्मचारीलाई समात्यो भने कर्मचारी संगठन विरोध उत्रिने गरेको भन्दै उहाँले अब यसरी चल्दैन भन्नुभयो ।
उद्योगी अरुण चौधरी पक्राउ परेपछि निजी क्षेत्रका संगठनहरुले वक्तव्यवाजी गरेकोप्रति लक्षित गर्दै उहाँले उद्यम गरेको वा कर तिरेको भनेर राज्यलाई लुट्न पाइदैन भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्