
सिन्धुली । सिन्धुली जिल्लाको कमलाचोकमा दुधौली अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यमान व्यवस्था र गणतन्त्रकाविरुद्ध केहिले धमिलो पानिमा माछा मार्ने कोशिष गरेता पनि सफल नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले पछिल्लो समयमा देशको आर्थिक अवस्था सुधारिरहेको बताउँदै अर्थतन्त्र सुधारका लागि सरकारको तर्फबाट प्रयास भैरहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संघिय सरकारको १८ करोडको लागतमा निर्माण भएको २५ शैय्याको दुधौली नगर अस्पतालको उद्घाटन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्