
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिर समेत गर्नुभयो ।
शनिबारबाट काठमाडौंको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले रेमिटयान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत बताउनुभयो । युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उहाँले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताउनुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिन मुलुक रेमिटयान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले देशको विकास अरु कुनै राष्ट्रले नभई आफैंले गर्नुपर्ने भएकाले त्यस काममा युवाहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्