
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै अर्थमन्त्री महतले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
अर्थमन्त्री महतले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताउनुभयो । उहाँले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने बताउनुभयो । उहाँले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको बताउनुभयो । उहाँले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको बताउनुभयो ।
अर्थमन्त्री महतले सरकार मन्दीबाट बिस्तारै उठिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्