
पाँचथर । प्रविधिमा सहज पुहँच उपलब्ध गराउने उद्देश्यले बजार क्षेत्रका विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा शुरु भएको छ ।
फिदिम नगरपालिकाको अगुवाईमा शनिबार एक कार्यक्रमबीच फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले फ्रि वाईफाई सेवाको उद्घाटन गर्नुभएको हो ।
फिदिमको बि.पि पार्क, गढि सुम्हात्लुङ मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्रचौक, खेलमैदान, लोकतान्त्रिक चोक, आहालगैरी र शिवालय मन्दिरमा निःशुल्क वाइफाइ सेवा सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्