
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
शनिवारदेखि संसद भवन बानेश्वरमा शुरु भएको बैठकमा सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षण दिनुहुनेछ । संसदमा पार्टीका सांसदहरुको भुमिका कसरी प्रभावकारी बनाउने भन्ने बारेमा प्रशिक्षण दिन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्