२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु


0
Shares

डडेल्धुरा । डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ ।

अमरगढी नगरपालिका– १ की ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिनुभयो ।

मृतक दुबैजना सासु बुहारी भएको जनाइएको छ । कोठामा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका कारणले दुवै जनाको निस्सासिएर मृत्यु भएको प्रहरीको अनुमान छ ।