२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जनताको पक्षमा हुने गरि संसदमा प्रस्तुत हुन सांसदलाई प्रधानमन्त्रीको निर्देशन


91
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसदमा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको पाटीको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले गरेका काम कारवाही जनतासमक्ष पु¥याउने गरी संसदमा आफ्ना धारणा राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा तेस्रो अधिवेशनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा छलफल भएको बताउनु भयो ।

उहाँले बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभएको भनाइलाई उद्धृत गर्दै सरकारले सुशासनका साथ जनताका पक्षमा उठाएका आवाजलाई संसदमा दरिलो आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको पनि बताउनु भयो ।

प्रमुख सचेतक पाण्डेले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामति कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि प्रधानमन्त्रीले सांसदहरुलाई निर्देशन दिनुभएको बताउनु भयो ।

‘बैठकमा हामीले तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने ? सरकारले सुशासनका साथ जनताका पक्षमा जसरी आवाज उठाइरहेको छ, त्यसलाई जनताका प्रतिनिधि हामी दलका सदस्यहरुले संसदमा व्यवस्थित रुपमा कसरी उठाउने ? यी बारेमा हाम्रा छलफल भए । प्रधानमन्त्रीज्युले संसदलाई व्यवस्थित गर्नलाई खासगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित जुन विधेयकहरु छन्, ति विधेयक व्यवस्थित गर्ने र सदनमा लैजाने र छलफल गर्ने बारेमा सांसदहरुलाई निर्देशन दिनुभएको छ । भोलि हामी ९ बजे बैठक बस्नेछौँ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रभावकारी रुपमा कसरी जनाताका आवाज लैजाने ? सरकारले गरेका राम्रा कामलाई जनतासमक्ष पु¥याउने गरी लैजाने गरेर जानका लागि आवश्यक निर्देशन दिनुभएको छ ।’ सचेतक पाण्डेले बताउनुभयो ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सरकारको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक रहेको बताउनु भयो । बैठक मंगलवार बिहान ९ बजे पुनः बस्नेछ ।