
काठमाडौं । आईसीसी अन्डर नाइन्टिन विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।
दक्षिण अफ्रिकामा आयोजित विश्वकप खेलेर नेपाली टोली सोमबार स्वेदश फर्किएको हो ।
खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । समूह चरणको अन्तिम खेलमा अफगानिस्थानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा बंगलादेश र भारतसँग नेपाल पराजित भएको थियो । तर, समग्र विश्वकपमा भने नेपाल ११ औं स्थानमा रह्यो । सुपर सिक्स नपुगेको अफगानिस्तान र जिम्बावेलाई नेपालले पछि पारेको हो ।
विश्वकपमा नेपाल सम्मिलित सुपर सिक्सको समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रीका अघि बढेका छन् । सेमिफाइनलमा भारत र दक्षिण अफ्रीका तथा पाकिस्तान र अष्ट्रेलिया खेल्दैछन् ।
फाइनल खेल आइतबार हुने छ ।
प्रतिक्रिया दिनुहोस्