१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


टेरामक्स खरिद प्रकरणमा मेरो नाम जोडेर अफवाह फैल्याइयो : पूर्वमन्त्री कार्की


455
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरिद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री कार्कीले टेरामक्स खरिद प्रकरणको सन्दर्भमा आफ्नो नाम जोडेर अफवाह फैल्याइएको बताउनुभएको हो ।

पूर्वमन्त्री कार्कीले यस सन्दर्भमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताउनुभयो । उहाँले स्वस्थ पत्रकारिता गर्न आग्रह समेत गर्नुभयो ।

‘तपाईप्रति किन अफवाह फैलाइयो त ?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा पूर्वमन्त्री कार्कीले त्यसमा तपाई आफैँ अनुसन्धान गर्नुस् भन्ने जवाफ फर्काउनुभयो ।